नारायणगोपाल स्मृति साँझ २२ गते, १२ कलाकारले गीत गाउने

२०७४ जेठ १५ गते

“
भक्तपुर, पुस ११ । यहाँ पहिलो पटक यही पुस २२ गते ‘स्वरसम्राट् नारायणगोपाल स्मृति साँझ’ हुने भएको छ । भक्तपुर सांगीतिक समाजको आयोजनामा सूर्यविनायकमा हुने कार्यक्रममा गायक कर्णदासलगायत राष्ट्यिस्तरका कलाकारदेखि स्थानीय नयाँ गायकले नारायणगोपाल गुरुवाचार्यका गीत गाउने यहाँ सोमवार आयोजित पत्रकार सम्मेलनमा समाजका उपाध्यक्ष कपिल कसपालले जानकारी दिनुभयो ।
भक्तपुरमा रहेका रचनाकार, गायक तथा संगीतकारलाई गोलबद्ध गर्दै जाने उद्देश्यका साथ एक महिना अगाडि स्थापित समाजको उक्त कार्यक्रममा गुरुवाचार्यका मन छुने गीतलाई करिब १२ कलाकारले गाउने जनाइएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया