काँग्रेस भातृ संगठनहरुको राष्ट्रपतिलाई दबाब

२०७४ जेठ १५ गते

“
काठमाडौँ, पुस १० । सत्तारुढ नेपाली काँग्रेसका सबै भातृ संगठनहरुले राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश तत्काल जारी गर्न दबाब दिएका छन् ।
काँग्रेससँग आबद्ध नेपाल महिला सङ्घ, नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल प्रेस युनियन, डिएलए, नेपाल र नेपाल दलित सङ्घले आज काठमाडांैमा संयुक्त पत्रकार सम्मेलन गरी राष्ट्रपति भण्डारीलाई तत्काल राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न दबाब दिएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल महिला सङ्घकी अध्यक्ष उमा रेग्मीले तत्काल राष्ट्रपतिबाट अध्यादेश जारी नभए आन्दोलनका सशक्त कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनी दिइन् ।
काँग्रेसका भातृ संगठनहरुले सरकारले पठाएको अध्यादेश जारी नगरेर राष्ट्रपति भण्डारी संविधान विपरीत चल्न खोजेको आरोप समेत लगाएका थिए ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित