एमाले–माओवादी एकतालाई रोक्न सक्दैनन्ः नेपाल

काठमाडौँ, पुस १० । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले विश्वको कुनै पनि शक्तिले एमाले र माओवादीबीचको एकता नरोकिने दाबी गरेका छन् ।

संयुक्त वाम गठबन्धन काठमाडौँ क्षेत्र नम्बर २ ले थलीमा आयोजना गरेको कार्यक्रममा एमाले वरिष्ठ नेता नेपालले कसैको बहकाउ र भ्रममा नपर्न दुवै पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्दै एमाले माओवादी एकता नभाडिने दाबी गरे । ‘कसैले यताका कुरा उता उताका कुरा एता ल्याउदैमा बाम एकता विथोलिँदैन । तपाईहरु ढुक्क हुनुहोस् ।’ उनले भने ।

 

नेता नेपालले प्रतिनिधि सभा समानुपातिकको परिणाम सार्जजनिक गर्न निर्वाचन आयोगले ढिलाइ गरेको भन्दै आपत्ति जनाउँदै तत्काल परिणाम सार्वजनिक गर्न आग्रह गरे । उनले प्रत्यक्ष तर्फको निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएर नैतिकता देखाउनु पर्नेमा उल्टै राष्ट्रियसभाको बखेडा निकालेर अत्तो थाप्ने काम गरिरहेको आरोप लगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *