सन्नी लियोनीले आफ्ना फ्यानलाई अब भिडियो कल गर्ने

पुस १०, मुम्बई । अभिनेत्री सन्नी लियोनी अभिनित चलचित्र ‘तेरा इन्तजार’ हालै रिलिज पश्चात् सो चलचित्रले बक्स अफिसमा सोचे जस्तो बिजनेश गर्न नसकेपछि उक्त विषयलाई लिएर चलचित्र क्षेत्रमा विभिन्न चर्चा परिचर्चा हुन थालेको छ ।

सो विषयमा हुन थालेको टिका टिप्पणीलाई उनले सामाजिक सञ्जालमा एक भिडियो अपलोड गर्दै आफ्ना फ्यानलाई भुलाउने कोसिस गरेकी हुन् । उक्त भिडियो मार्फत उनले आफ्नो फ्यानलाई च्यालेन्ज दिएकी छन् ।

तपाईँ ‘कसरी भिडियोका माध्यमले प्रेम व्यक्त गर्नुहुन्छ’ उनले भिडियोका साथ लेखेकी छन् ‘यसका लागि तपाइले हाइपस्टार एपको माध्यमले एक भिडियो बनाउनुस् र ट्वीटरमा सन्नी लियोन च्यालेन्जका साथ अपलोड गर्नुहोस् ।

अपलोड भएका भिडियो मध्यबाट एक उत्कृष्ट भिडियोको चयन गरी उक्त विजेतालाई भिडियो कल समेत गर्ने उल्लेख गरेकी सन्नीले उत्कृष्ट भिडियो विजेतालाई एक स्माटफोन समेत गिफ्ट गर्ने जनाएकी हुन् । उनले दिएको सो च्यालेन्ज अहिले भाइरल समेत बनेको छ । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *