एमालेसँग सरकार निर्माणबारे छलफल भएको छैन : यादव

पुस १०, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालले एमालेसँग सरकार निर्माणबारे औपचारिक छलफल नभएको स्पष्ट पारेको छ ।

फोरम अध्यक्ष यादवले निर्वाचनपछि एमाले अध्यक्ष केपी ओलीसँग एक पटक भेट भएपनि सरकार निर्माणको विषयले भने प्राथमिकता नपाएको स्पष्ट पारे । उनले एमालेसँग सरकार निर्माणका विषयमा छलफल गरिएको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अत्तालिएकोमा असन्तुष्टि पनि व्यक्त गरे ।

अध्यक्ष यादवले एमाले अध्यक्ष ओलीसँगको भेटमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरिएको पनि बताए । उनले आफूहरुको माग अनुसार संविधान संशोधन नभई आफ्नो पार्टी सरकारमा जाने अवस्था नरहेको अडान पनि दोहो¥याए । अध्यक्ष यादवले बाम गठबन्धनलाई बहुमत प्राप्त भएकाले सरकार गठन गरेर अघि बढन पनि सुझाव दिए ।

अध्यक्ष यादवले ३ ठूला दलकै कारण निर्वाचनपछि पनि मुलुकमा संवैधानिक जटिलता देखिएको आरोप पनि लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =