आठ फिट ठुलो नितम्ब देखाएर लाखौ आम्दानी

यो संसारमा विचित्रका शरीर भएका व्यक्तिहरुको कुनै कमी छैन । अब यही महिलालाई नै हेर्नुस् न, मोटोपन त ठिकै छ, तर यसको हिप्स अर्थात नितम्ब देखेर मानिसहरु आश्चर्य मान्ने गर्दछन् । यसको नितम्ब यति ठुलो छ कि एउटा फ्रिज पनि उनका अगाडि सानो देखिन्छ । पेंसिलभानियाकी यी मोडल बाबी जो वेस्टलीले झण्डै आठ फिट (circumference) चौडा नितम्बका साथ संसारको सबैभन्दा ठुलो हिप्स भएको महिलाको दावी गरिसकेकी छन्।

सामान्यतः जहाँ मानिसहरु मोटोपनका कारण समस्यामा छन्, यही बाबीका लागि यो कुनै बरदानभन्दा कम भएको छैन । उनी एउटा वेभक्याम गर्ल हुन् र उनलाई अनलाइनमा हेर्नका लागि मानिसहरुले पैसा तिर्ने गर्दछन् । बाबी आफ्नो नितम्ब देखाएर अनलाइनमा करिब १.५ लाखसम्म महिनामा आम्दानी गर्ने गर्दछिन् । उनी भन्छिन्–म आफ्नो शरीरबाट निकै खुसी छु । म आज आफ्नो हिप्सकै कारण संसारभरमा चर्चित छु । यसैका कारणबाट मानिसहरु मलाई भेट्छन्, सूचित गर्छन । तपाईलाई जानकारी गराइहालौ कि ४३ वर्षकी बाबीको तौल २२२ किलो छ ।

बाबीलाई थाइरायडका कारण तौल यसरी बढेको हो । अहिले उनी सलाद मात्र खाने गर्दछिन् । यद्यपि उनलाई बार्बीक्यु चिकेन, चिज चिकेन निकै मनपर्छ । बाबी पहिलो सबैभन्दा ठुलो नितम्ब भएको महिलाको दावी गरिरहेकी छन् । यद्यपि पछि उनलाई थाहा भयो कि अमेरिकाकी Mikel Ruffinelli को नाम संसारको सबैभन्दा ठुलो नितम्ब भएको विश्व रेकर्ड छ । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *