भारतको कोलकातामा दुई नेपाली खेलाडीलाई स्वर्ण

पुस ९, काठमाडौं । भारतको कोलकातामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली तेक्वान्दो खेलाडी मोहम्मद उमर खान र उज्ज्वल श्रेष्ठले स्वर्ण पदक जितेका छन् । शनिबार सम्पन्न च्याम्पियनसिपको जुनियर फाइटमा खानले ४५ केजीमा र उज्ज्वलले ७८ केजीमा स्वर्ण जितेका हुन् । उज्ज्वलले जुनियरकै कलर बेल्टको पुम्समा स्वर्ण जितेका थिए ।

च्याम्पियनसिपमा नेपालले फाइटतर्पm ११ स्वर्ण, ५ रजत र १० कांस्य तथा पुम्सेमा ३ स्वर्ण, ४ रजत र १७ कांस्य पदक जित्ने सफल भएको प्रशिक्षक धनबहादुर दराईले जानकारी दिए । नेपाली टिमका प्रमुख प्रशिक्षक रोशन खान प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक घोषित भए ।

नेपाली टिमको प्रशिक्षणमा प्रकाशमान राजभण्डारी, सुनील सिंह ठकुरी, जयदेव पौडेल र अफताब आलम थिए । कोलकाताको खुदिराम अनुशीलन केन्द्रमा भएको प्रतियोगिताको महिलातर्फ फाइटमा स्नेहा परियार, नमुना श्रेष्ठ, सुजना तामाङ, रेखमाया गुरुङ, राखी शर्मा र पुम्सेमा रेखमाया गुरुङ र फुलमाया कुमालले स्वर्ण जिते । पुरुषको फाइटमा सुजन गुरुङ, जय सुबेदी, जजबुज राई र कृष्णबहादुर तामाङले स्वर्ण जिते । पुरुषको फाइटमै अब्बास खान, आषिश गुरुङ ,प्रमिस गुरुङ र सोजीत थापा तथा पुम्सेमा धनबहादुर दराइ (सिनियर), कृष्णबहादुर तामाङ, शीतल प्रजा र मोहम्मद कलिम उल्लाह मिँयाले रजत पदक जिते । महिलातर्पmको फाइटमा पुजा तुराहले ४२ केजीमा रजत पदक जितिन् ।

पुम्सेतर्फ दिपेन्द्रबहादुर नेपाली, समीर डल्लाकोटी, मोहम्मद राफिक, रइस खान मिँया,निसा श्रेष्ठ, अब्बास खान, मोहम्मद उमर खान, विशाल तामाङ, प्रवेश पण्डित, प्रकास गुरुङ, रोहित गुरुङ, सजिना तामाङ, निसान्त दराई, सागर बराल, उसमान कार्की र आषिश सुबेदीले कांस्य पदक जिते ।

फाइटमा धनबहादुर दराई, प्रवेश पण्डित, विष्णु रेग्मी, गोकुल अधिकारी,रइस खान, अन्जु लोप्चन,विकास कुमाल अनुमा तामाङ, मेलिना गुरुङ र हिमाल पौडेलले कांस्य पदक जितेको टिमका प्रशिक्षक प्रकासमान राजभण्डारीले बताए । प्रतियोगितामा नेपालसहित दक्षिण कोरिया बंगलादेश,इन्डोनेसिया र जापानलगायत ११ राष्ट्रका कुल ९ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालबाट कुल ५८ खेलाडीले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *