राखेप च्याम्पियसिप खेलकुद प्रतियोगिता सुरु, चार हजार ८२ खेलाडी मैदानमा

पुस ९, काठमाडौं । राखेप च्याम्पियसिप खेलकुद प्रतियोगिता आइतबार सुरु हुँदैछ । प्रतियोगितामा २९ खेलका १ हजार १ सय २७ पदकका लागि ४ हजार ८२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा लागि फुटबल, भलिवल, कराँते, तेक्वान्दो, एथलेटिक्स, कबड्डी, पौडी, सुटिङ कुश्ती, जुडो, बक्सिङ, गल्फ, आर्चरी, सेपाकताक्रो लनटेनिसका विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

यस्तै उसु, टेबलटेनिस, ह्याण्डबल, ब्याडमिण्टन, बास्केटबल, भारत्तोलन, साइक्लिङ्ग, ट्रायथलन, खो खो, स्क्वास, हकी, फेन्सिङ, खेलमा पनि प्रतिस्पर्धा हुने राखेपले जनाएको छ । यी खेलहरु सम्बन्धित खेल संघले आयोजना गर्ने र त्यसको बजेट व्यवस्थापन र अनुगमन राखेपले गर्ने राखेपका सदस्यसचिव केशव विष्टले जानकारी दिए । तेक्वान्दोका २ वटा संघ रहेकाले उनीहरुले छुट्टाछुट्टै खेल आयोजना गर्नेछन् ।

२९ मध्ये १२ खेल काठमाडौं बाहिर र बाँकी खेल काठमाडौं उपत्यकामै आयोजना हुनेछन् । प्रतियोगितामा साबिकका पाँच विकास क्षेत्र र सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ३ विभागीय टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

१८ औँ एसियाड र १३ औँ सागलाई लक्षित गरी प्रतियोगिता आयोजना गरिएको राखेपका सदस्य सचिव विष्टले बताए । प्रतियोगिताका लागि ४ करोड ३१ लाख रुपैयाँ बजेट छुट्याइएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *