वीपी प्रतिष्ठान धरानका डाक्टर लागू औषध सहित पक्राउ

पुस ९, धरान । शिक्षा स्वास्थ्य र अनुसन्धान गर्न स्थापना भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अनेक उदण्ड हुने गरेका छन् । पछिल्ला केही वर्षयता प्रतिष्ठानका पदाधिकारीहरू भ्रष्टाचारमा मुछिएका छन्, चिकित्सक, विद्यार्थीहरू यौन काण्डदेखि लागू औषधको कारोबारमा समेत संलग्न भएका छन् ।

हिजो शनिवार प्रतिष्ठान हाता भित्रैबाट प्रहरीले एक चिकित्सक सहित तीन व्यक्तिलाई ब्राउन सुगर सहित पक्राउ गरेका छन् । प्रतिष्ठान हाताभित्र सञ्चालित पुरुष होस्टलबाट एक चिकित्सक सहित तीन जना व्यक्तिलाई ब्राउन सुगरसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौँ सिनामंगल घर भई प्रतिष्ठानमा इन्टर्न गर्दै गरेका डा. क्षितिज श्रेष्ठ, धरान १० घर भएका प्रतिष्ठानकै ४ नम्बर मेस सञ्चालक दिनेश श्रेष्ठ र धरान १२ का उज्वल हलुवाई रहेका छन् ।

प्रहरीले शनिवार बेलुकी ५ बजे तीनै जनालाई डा. श्रेष्ठको कोठाबाट दुई पोका ब्राउन सुगर सहित पक्राउ गरेको बताएको छ । इलाका प्रहरी कार्यालय धरानका डीएसपी रामेश्वर पौडेलले होस्टलको सुरक्षा गार्डको सहयोगमा लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको बताए ।

‘प्रतिष्ठान भित्रको होस्टलमा बाहिरको मान्छे प्रवेश गर्न निषेध भए पनि दुई जना बाहिरको व्यक्ति गएको थाहा पाएपछि होस्टलको सेक्यूरिटी गार्डले खोजी गर्दा डा. श्रेष्ठको कोठामा लागू औषध सेवनका लागि तयार गरिँदै गरेको अवस्थामा उनीहरूलाई फेला पारिएको हो ।’ डीएसपी पौडेलले बताए । उनले प्रारम्भिक अनुसन्धानका क्रममा डा. श्रेष्ठ लागू औषध सेवनकर्ता भएको र हलुवाई कारोबारी भएको हुनसक्ने जिकिर गरे ।

प्रतिष्ठानको सुरक्षा व्यवस्था अत्यन्त कडा रहेपनि प्रतिष्ठान भित्रै चिकित्सकले लागू औषध सेवन र कारोबार गरेपछि सुरक्षा चिन्ता बढेको छ । प्रतिष्ठानमा छात्र र छात्राका लागि छुट्टाछुट्टै होस्टलको व्यवस्था गरिए पनि भरपर्दो सुरक्षा व्यवस्था छैन । प्रतिष्ठानको सुरक्षा केटीएम सेक्युरिटीले पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *