एमाले–माओवादी एकता संयोजन समिति बैठक पछि धकेलिंदै

पुस ९, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच तत्काल पार्टी एकता गर्ने भनिएतापनि एकता संयोजन समितिको बैठक नै बस्न सकेको छैन । यसअघि शनिबार बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो ।

दुई पार्टी एकताका लागि एकता संयोजन समितिको बैठक बस्न नसकिरहेको बेला ओली र प्रचण्डबीच टेलीफोन कुराकानी भएको छ । स्रोतका अनुसार दुई अध्यक्षबीचको कुराकानीपछि मंगलबार संयोजन समितिको बैठक राख्ने तय भएको छ ।

कुराकानी सरकार गठन, पार्टी एकतालगायतका विषयमा केन्द्रीत रहेको स्रोतले जनाएको छ । पछिल्लो समय दुवै पार्टीबीच अविश्वास पैदा हुँदै गएकोले एकताप्रति नेताहरु आश्वस्त हुन सकिरहेका छैनन् ।

सरकार र पार्टीको नेतृत्वका विषयमा कुरा नमिल्दा तत्काल यी दुई पार्टीबीच एकता हुन नसक्ने स्रोतको दावी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *