कालीकोटमा तनावग्रस्त अवस्था बढ्दै, पुनः कर्फ्यू

कालिकोट, पुस ९ । कालीकोटमा जारी म्यादी प्रहरीको आन्दोलनका लागि जिल्ला सदमुकाम तनावग्रस्त बनेको छ ।  आफ्नो सेवा सुविधा कम भएको भन्दै आन्दोलन गरेका म्यादी प्रहरी र प्रहरीको झडप परी गत शुक्रबार गोली लागेर मृत्यू भएका म्यादी प्रहरी विवेक ऐडीको मृत्युपछि त्यहाको आन्दोलन उग्र बन्दै गए पछि अनिश्चितकालीन कर्फ्यू जारी छ ।

स्थानिय नागरिकहरुलाई दैनिक उपभोग्य सामग्री खरीद गर्न तथा भड्किएको जिल्लाको शान्ति सुरक्षाको स्थितिलाई सामान्य बनाउन प्रशासनले कालिकोट जिल्लाको सदरमुकाम बजारमा लगाईएको अनिश्चितकालीन कर्फ्यु आईतबार बिहान दुई घण्टाको लागि हटाएको थियो । स्थिति सामान्य नभएपछि पुनः कर्फ्यू लगाइएको प्रशासनले जनाएको छ ।  आन्दोलनका कारण कर्णाली राजमार्ग र जिल्ला सदरमुकाम बजार बन्द भएको छ ।

यसअघि शनिबार साँझ प्रमूख जिल्ला अधिकारी बद्रीनाथ गैरेसहित मध्यपश्चिम क्षेत्रीय प्रशासक सुरेशकुमार प्रधान, नेपाल प्रहरीका डिआईजी सुरेशबिक्रम शाह, अनुसन्धानका डिआईजी टेकेन्द्र कार्की सहितको टोली र मृतक म्यादी प्रहरी विवेकका आफन्तसहित सर्बदलीय बैठकले म्यादी प्रहरी मृत्युको घटना तथा म्यादी प्रहरीको सेवा सुविधाको बिषयमा छानवीनका लागि तत्काल गृहमन्त्रालयमा समिति गठन गर्न पहल गर्ने निर्णय गरेको थियो ।

यसैगरी मृतकका परिवारहरुलाई १० लाख राहत र सहिद घोषणाका लागि गृहमा पहल गर्ने, शुक्रबार र शनिबार भएको कडा आन्दोलनमा घाईते भएका सबैको राज्यले नै उपचारको जिम्मा लिने र जिल्लाको शान्ति सुरक्षालाई कायम राख्ने राजनीतिक दल, सरकारी तथा गैर सरकारी निकाय, पत्रकार नागरिक समाज, स्थानीय सबैले सहयोग गर्ने निर्णय गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *