दुई साता भित्र प्रदेश सभाले पूर्णता पाउने

काठमाडौं, पुस ९ । आउँदो दुई साता भित्र प्रदेश सभाले पूर्णता पाउने भएको छ । निर्वाचन आयोगले एक साताको समय दिदैँ दलहरुलाई प्रदेश सभा तर्फको समानुपातिक सूची बुझाउन पत्राचार गरेसँगै दुई साताभित्रै प्रदेशसभाले पूर्णता पाउने भएको हो ।
प्रदेशसभामा सिट प्राप्त गर्ने ११ दललाई सात दिनभित्र प्रतिनिधिको नाम पठाउन पत्राचार गरिसकिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । प्रदेश सभा निर्वाचन ऐन अनुसार निर्वाचन आयोगले मतपरिणाम प्रदेश प्रमुखलाई बुझाउनु पर्नेछ । तर सरकारले अहिलेसम्म प्रदेश प्रमुख नियुक्त गरेको छैन ।

प्रदेश सभा निर्वाचन सम्बन्धि निर्देशिकामा दलहरुलाई समानुपातिकको बन्दसूचीबाट नाम छनौटका लागि एक साताको समय दिने उल्लेख रहेको प्रवक्ता ढकालले बताउनुभयो । दलहरुले नाम पठाएपछि आयोगले दलित, जनजाती, महिला, खस आर्य लगायतका क्लष्टर मिले नमिलेको जाँच गर्नेछ । साथै सच्याउन थप तीन दिनको समय दिनेछ । प्रदेश सभा गठनको समान्य प्रक्रियामै १० दिनको समय लाग्ने देखिएको छ । यता, राष्ट्रियसभा गठनसम्बन्धी विवादका कारण प्रतिनिधिसभा तर्फको मतपरिणाम भने आयोगले अहिलेसम्म सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *