कालिकोटमा किनेमलका लागि बिहान ८ बजेदेखि कफ्र्यू खुल्यो

कालिकोट, पुस ९ । कालिकोटमा प्रहरीले चलाएको गोली लागेर एक म्यादी प्रहरीको ज्यान गएपछि भएको तनावका कारण लागेको कफ्र्यू अहिले बिहान ८ बजेदेखि खुलेको छ । १० बजेपछी अवस्था हेरेर फेरि कफ्र्यू लगाउन सकिने जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

म्यादी प्रहरी, स्थानीय र राजनीतिक दलले घटनाको विरोध गर्दै हिजो दिनभर नारा वाजी गदै प्रदर्शन गरेका थिए । प्रदर्शनले उग्ररुप लिन लागेको भन्दै हिजो साँझ ४ बजेदेखि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो । आफूहरुले काम गरेबापत् पूरै पारीश्रमिक नपाएको भन्दै म्यादी प्रहरीले गरेको आन्दोलनका क्रममा प्रहरीको गोलि गालेर म्यादी प्रहरी विवेक ऐडिको गएको शुक्रबार मृत्यु भएको थियो ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *