विदेश लैजाने बहनामा महिलालाई भारत लैजाने पक्राउ

पुस ८, नेपालगञ्ज । नेपालबाट भारतको बाटो हुदै महिलालाई विदेश लैजाने भनी भारतको बलैइ गाँउसम्म लैजाने जिम्मा लिएका बाँके कोहलपुर नगरपालिका–९ भवानीपुर बस्ने ३३ बर्षीय नवराज हमाललाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी टोलीले आज बढैयाताल गाउँपालिका–२ फुटाहा स्थित बोर्डर नाकामा गस्ती गर्दै जाने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

नेपालबाट भारतको बाटो हुदै विदेश लैजाने भनी सुनसरी धरान उपमहानगरपालिका–५ बस्ने ३९ बर्षीया महिलालाई भारतको बलैइ गाँउसम्म लैजान लागेको अवस्थामा पक्राउ गरी महिलाको उद्धार गरेको प्रहरीले जनाएको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *