कुटेर फुल्याउन खोज्दा तीन दिने शिसु ठहरै


“पुस ८, मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका – १० स्थित भुटानी शरणार्थी शिविरमा एक महिलाले आफ्नै तीन दिने शिशुको हत्या गरेकी छिन् ।
शनिश्चरे शिविर सेक्टर ‘बी’–टू हट नम्बर १० की २७ बर्षीया लक्ष्मी गुरुङले गएराति साढे ११ बजे आफ्नो तीन दिने शिशुको हत्या गरेकी हुन् । राति घरमा एक्लै रहेकी लक्ष्मीले दुध खुवाउने क्रममा शिशु रोएपछि हिर्काएर हत्या गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार श्रीमान बरुण गुरुङ छिमेकीकोमा गएको बेला लक्ष्मीले शिशुको मुखमा मुक्का प्रहार गरेर हत्या गरेकी हुन् । शिशुको घटनास्थलमै मृत्यु भएपछि लक्ष्मीले शिशुलाई शिविर नजिकैको पैनीमा लगेर फालेकी थिइन् ।
प्रहरीका अनुसार लक्ष्मीले मानसिक विरामीको औषधी सेवन गर्दै आएकी छिन् । घटना लगत्तै लक्ष्मीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।”
