इटहरीलाई राजधानी बनाउन नेपाली काङ्ग्रेसको माग


“
पुस ८, सुनसरी । नेपाली काङ्ग्रेस सुनसरी क्षेत्रनम्वर २ ले प्रदेशको राजधानी इटहरीलाई बनाउन माग गरेको छ । इटहरी प्रदेश नम्वर एकको १४ जिल्लाको लागी उपयुक्त रहेको भन्दै इटहरीलाई प्रदेशको राजधानी बनाउन माग गरेको हो
प्रदेशको राजधानीको विषयमा चिया पसल देखि भट्टी पसलहरु सम्ममा छलफल हुन थालेको भन्दै इटहरीको विकल्प नखोज्न काङ्ग्रेसले सरकारलाई आग्रह गरेको हो ।
नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति मणिराम श्रेष्ठले इटहरीमा प्रशस्त जग्गा जमिन र निमार्ण सम्पन्न भएको ठुला ठुला भवन रहेको भन्दै त्यसै भवनमा मन्त्रालयहरु राख्न माग गरेका छन् ।
नेपालकै विकसित शहर इटहरीको विकल्प नखोज्न नेपाली काङ्ग्रेसले आग्रह गरेको छ । इटहरीमा रहेका क्षेत्रिय कृषि केन्द्र,रेशम खेती, लगायतका ठुला जमिनहरु रहेको भन्दै इटहरीलाई राजधानी बनाउन सरकारले ढिलाई गर्न नहुने काग्रेस क्षेत्रीय सभापति समेत रहेका श्रेष्ठको भनाई छ । काङ्ग्रेसले शनिवार सुनसरीको इटहरीमा एक विज्ञप्ती जारी गदै राजधानी बनाउन माग गरेको हो ।
“
