मृगौला पीडित महिलालाई उपचारमा कठिनाई

पुस ८, सुनसरी । सुनसरीको वराह नगरपालिका वडा नम्बर–३ की एक मृगौला पीडित महिलालाई उपचार गर्नका लागि आर्थिक कठिनाइ भएको छ ।

दुई वर्ष अघिदेखि दुवै मृगौला काम नलाग्ने गरी खराब भएपछि अहिले वराह–३ बिचपानीकी ३५ वर्षिया जुना विकलाई थप उपचार गर्नका लागि आर्थिक कठिनाई भएको परिवारजनले बताएका छन् ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृगौलाको डायलोसिस गराइरहेकी बिकको मृगौला प्रत्यारोपण गर्नका लागि चिकित्सकले सुझाएका छन् तर आर्थिक कठिनाइका कारण प्रत्यारोपण गर्नका लागि समस्या भएको उनका श्रीमान महेन्द्र विकले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *