सुनसरीमा साँढे दुई अर्बको तरकारी उत्पादन

पुस ८, सुनसरी । सुनसरीमा बार्षिक अढाई अर्ब रुपियाँ बराबरको तरकारी उत्पादन हुने गरेको छ । सुनसरीको विभिन्न स्थानहरुमा बार्षिक अढाई अर्ब रुपियाँको तरकारी उत्पादन भइरहेको जिल्ला कृषि विकास कार्यालय सुनसरीले जनाएको छ ।

जिल्लामा वार्षिक रुपमा अरबौको तरकारीको उत्पादन र खरिद बिक्रि हुने गरेको समेत कार्यालयले जनाएको छ । जिल्लामा तरकारी उत्पादन पकेट क्षेत्र रहेकाले तरकारी उत्पादन बढे अनुसार आम्दानी समेत बढेको किसानहरुले बताएका छन् ।

जिल्लामा २ हजार १ सय हेक्टर क्षेत्रफलमा व्यसायिम रुपमा २७ हजार ३ सय मेट्रिकटन तरकारी उत्पादन हुदै आएको जिल्ला कृषि विकास कार्यालय सुनसरीले जनाएको छ ।

जिल्लामा संकलन केन्द्र तथा कृषि उपज बजारमा लिएको तथ्याकं अनुसार मात्रै वार्षिक २ अर्ब ९ करोड रुपियाँ बराबरको तरकारी खरिद बिक्री हुने गरेको कार्यालयको तथ्याकं रहेको छ । यहा तरकारी मसला सहित गरेर ३३ हजार १ सय ५६ मेट्रिकटन तरकारीको कारोबार भइरहेको कार्यालयको वार्षिक तथ्याकंले देखाएको कार्यालय प्रमुख राजकान्त झाले जानकारी दिएका छन् ।

उता सुनसरीको विभिन्न स्थानीय तहमा कृषिको बजेट विनियोजन गरेको भएपनि त्यसको कार्यान्वयन फितलो देखिएको छ ।

जिल्लाको १२ वटै स्थानीय तहमा क्षमता अनुसार कृषिको बजेट विनियोजन गरेको भएपनि त्यसको व्यवहारिक कार्यान्वयन र लाभ जनताले महसुस गर्न नपाएको बताइएको छ । जिल्लाको इटहरी उपमहानगरपालिकामा १ करोड २४ लाख ९५ हजार, धरान उपमहानगरपालिकामा ७१ लाख १५ हजार, इनरुवामा ६८ लाख ९५ हजार, दुहवीमा ६६ लाख २२ हजार, बराहामा २ करोड २८ लाख ७२ हजार, रामधुनीमा ९९ लाख १५ हजार बजेट कृषि क्षेत्रमा विनियोजन भएको तथ्याकं रहेपनि त्यसको व्यवहारिक कार्यान्वयन सन्तोषजनक अवस्थामा नरहेको पाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *