गजल

२०७४ जेठ १५ गते

“
दुर्गा,काली, नारी स्वरूप, हाम्रै श्रीमती हुन्.!!
माने हाम्रो प्रगती हुन्, नत्र दुर्गती हुन्..!!
छोरी भनी,हेला गरी, कोख मै मार्छौ जस्लाई,
उ,नै घरको सुख सान्ती, लक्ष्मी सरस्वती हुन्..!!
यो संसार चलाउने, हाम्रा सृष्टी कर्ता..,
शिव कि पनी आधाँ अंन्ग देवी पार्वती हुन्..!!
अन्याय र अत्यचारले सिमा नाग्दा खेरी..,
रौद्रं रूप देखाउने, दिव्य शक्ती हुन्..!!
परीभाषीत गरी मैले, कुन शब्दमा बताउ..,
वर्णन गर्न सकीदैन्, अतभुत पद्धती हुन्..!!
नारी पुरूष बरा-बर..मानौ आजै देखी..,
यि,नै हाम्रा जीन्दगी हुन”यि,नै सम्पती हुन्..!!
हरी गौतम (अर्घाखाँची)
खनदह ३ हाल-भारत
(साहित्य सँगालेबाट)”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित