अझै तिरेन सरकारले अनमिनको साढे ३ करोड

काठमाडौं, पुस ८ । नेपालको शान्ति प्रक्रियामा सघाउन आएको संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अनमिन कार्यालय बसेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको साढे ३ करोड रुपैयाँ भाडा सरकारले अझै नतिरेको पाईएको छ ।

अनमिन कार्यालय फिर्ता हुनु ३ वर्षअघि देखि नतिरिएको भाडा बिदाइ भएको ८ वर्षसम्म पनि निकासा भएको छैन । मुलुकमा शान्ति प्रक्रिया र हतियार व्यवस्थापन भएपछि अनमिन फर्किएको ८ वर्ष भयो । अनमिन कार्यालयको भाडा सरकारले तिर्ने निर्णय भएको थियो ।

६ फागुन २०६३ को मन्त्रिपरिषद् बैठकले केन्द्रको पूर्वतर्फको परिसर अनमिनको मुख्यालयका रूपमा सञ्चालन गर्न दिएबापतको भाडा सरकारले तिर्ने निर्णय गरेको थियो । केन्द्रको नाममा आम्दानी हुनुपर्ने ३ करोड ५८ लाख रुपैयाँ लामो समयसम्म निकासा नगर्दा महालेखा परीक्षकको कार्यालयले भने सो रकम केन्द्रको नाममा बेरुजु देखाउँदै आएको छ ।, आजको राजधानीमा यो खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *