बालुवाटारको बैंठक सकियो : मधेसवादी दलले ‘ओके’ भन्दा ओलीले ‘नो’ भनिदिए

काठमाडौं, पुष ७ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दललाई बालुवाटारमा बोलाएको बैंठक निष्कर्षविहीन टुंगिएको छ । तर, वाम गठबन्धनले देउवा समक्ष सरकार विस्तारमा कुनै पनि बाधा अड्चन नगर्न आग्रह गरेको छ ।

राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेशमा सहमति जुटाउन प्रधानमन्त्रीले बोलाएको प्रमुख पाँच दलको बैठक विना निष्कर्ष टुंगिएको हो । ११ बजेदेखि बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले राष्ट्रपतिसमक्ष सिफारिस अध्यादेशमा सहमतिबारे छलफल चलाए ।

 

पाँच दलबीच छलफलकै क्रममा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले प्रस्तावित एकल संक्रमणीय मतप्रणालीको समर्थन गरेपनि वाम गठबन्धनले त्यो प्रस्ताव अस्वीकार गर्यो । छलफलकै क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकल संक्रमणीय मतप्रणालीको खुलेरै विरोध गरे । बैंठकपछि बोल्दै माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले अध्यादेश प्रस्तुत गर्दा सहमति भएन र सरकार आफैंले प्रस्तुत गरेको अन्तरवस्तुभन्दा भिन्न भयो । त्यसैले यसमा निष्कर्षमा पुग्न नसकिएको बताए ।

पाँच दलको छलफलले निचोड दिन सकेन तर बैंठकमा एमाले र माओवादीका नेताहरुले देउवालाई नयाँ सरकार गठनको बाटो खोल्न आग्रह गरेका छन् । तर, कांग्रेस नेताहरुले भने राष्ट्रियसभा गठन नभएसम्म प्रतिनिधिसभाले पूर्णता नपाउने भन्दै राष्ट्रपतिले तत्काल अध्यादेश जारी गर्नु पर्नेमा जोड दिएका छन् । बैठकपछि काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘सरकारले पठाएको अध्यादेश रोक्न मिल्दैन र एमाले –माओवादीले रोक्छौ भन्न नमिल्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *