विभागको निर्णयको विरोध, इटहरीमा सडक अवरुद्ध

२०७४ जेठ १५ गते

“
भरतराज शर्मा(गोपाल)
धरान , पुस ७ । यातायात व्यवस्था विभागले इटहरीका मुख्य राजमार्गमा सिटी सफारी सञ्चालनमा रोक लगाएपछि त्यसको विरोधमा सफारी सञ्चालकहरु आन्दोलित भएका छन् । बिहिबार उनीहरुले निर्वाधरुपमा राजमार्गका रुट भएर सेवा दिन पाउनु पर्ने माग राख्दै इटहरी चोकमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका कारण सो क्षेत्र भएर चल्ने सबै खालका यातायातका साधन अबरुद्ध भएका छन् । यातायात खुलाउने प्रयासस्वरुप क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयमा दुई पक्षबीच छलफल भएको भएपनि सहमति जुट्न नसकेको रातोपाटीकर्मी मनोज भुजेलले जनाएका छन् । यातायात व्यवस्था विभागले आजदेखि लागू हुने गरी मुख्य राजमार्गमा सिटि सफारी सञ्चालनमा रोक लगाएको थियो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित