सुनसरीमा रगत अभाव

२०७४ जेठ १५ गते

“
सुनसरी, पुस ७ । रक्तदान कार्यक्रम कम हुन थालेपछि सुनसरीमा फेरि रगत अभाव देखिएको छ । रगत अभावका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउने बिरामी तथा आफन्तहरु समस्यामा पर्न थालेका छन् ।
प्रतिष्ठान हाताभित्र सञ्चालित नेपाल रेडक्रस सोसाइटी सुनसरीको रक्तसञ्चार केन्द्रका अनुसार ओ, एबी र बी पोजेटिभ रगत अभाव भएको छ । अन्य रक्त समूहका रगत पनि प्रयाप्त नभएको केन्द्रका कर्मचारी सानुबाबु थापाले जानकारी दिनुभयो ।
रगत अभाव हुँदा जटिल खालका शल्यक्रिया तथा प्रसुति गराउँदा समस्या हुने गरेको छ अस्पतालले जनाएको छ । प्रतिष्ठानमा दैनिक ५० युनिट रगतको माग हुँदै आएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित