काठमाडौं कसरी आईपुगे भारतीय नागरिकका यि झोला, खोलेर हेर्दा प्रहरी चकित !

पुस ६, काठमाडौं । भारतीय नागरिकको स्कार्पियो जिपको पछाडि लुकाइ राखेको प्लास्टिकको जेब्रा झोला खोलेर हेर्दा प्रहरी चकित बनेको छ। शंकास्पद मानेर प्रहरीले काठमाडौँ महानगरपालिका-१४ कलंकीमा भारतीय नागरिकको जिपमा खानतलासी गर्दा लागुऔषध फेला पारेको हो।

लागुऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले भारतीय नम्बर बिआर५टिएमपि २०१७÷९७ को सेतो रङको स्कार्पियो गाडीसहित भारत मोतिहारी थाना रक्सौल घर भएका ३७ बर्षीय रमेश कुमारलाई नियन्त्रणमा लिएको हो। रमेशले स्कोर्पियो गाडीको पछाडिको सिटमा प्लास्टिकको जेब्रा झोला भित्र बिभिन्न पत्रिकामा ¥यापिङ गरी ३५ वटा प्याकेटहरुमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले लागुऔषध फेला पारेको थियो।

उनको साथबाट प्रहरीले बुप्रिनर्फिन १२ सय एम्पुल, डाईजेपाम १२ सय एम्पुल र फेनारगन ११ सय एम्पुल गरी जम्मा ३५ सय एम्पुल लागुऔषध बरामत गरेको हो।

पक्राउ परेका रमेश कुमार विगत लामो समय देखि नेपाल–भारत सीमानाबाट बुप्रिनर्फिन, डाईजेपाम लगायतका नियन्त्रित लागूऔषध नेपाल भिञ्याई काठमाडौँ तथा अन्य प्रमुख शहरहरुमा आफ्नो संजाल बनाई कारोबार गर्ने मुख्य व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =