जे जे पर्छ पर्छ भन्दै क्यामेरामा सुरेस र स्मृतिको रोमान्स (भिडीओ सहित)

काठमाडौँ । संचारकर्मी तथा गायक कृष्ण पाण्डेको ‘जेजे पर्छ पर्छ’ बोलको नयाँ गीत सार्वजनिक भए लगतै निकै राम्रो प्रतिक्रिया पाएको छ । पछिल्ला समयका व्यस्त लोकप्रिय सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीतको चर्चा निकै रहने गर्छ त्यस्तै यस गीतमा उनकै सङ्गीतले पनि गीतलाई जीवन्त तुल्याको छ ।

विगत ४ वर्षदेखि अर्जुन पोखरेलसंग अनुराग सङ्गीत विद्यालयमा सङ्गीत सिक्दै र अहिले चण्डी प्रसाद काफ्लेसंग सङ्गीत सिक्दै रहेका गायकको यसभन्दा पहिला दुईवटा आधुनिक गीतहरू सार्वजनिक भैसकेको छ । गुल्मेली गायक पाण्डे गाउन र नाच्न गाउँ निकै हुरुक्क हुन्छन् । विगत ३ वर्षदेखि मनोरञ्जन पत्रकारिता पनि गर्दै छन् ।

सानै देखि सङ्गीत विशेष रुचि भएका कृष्ण उच्चशिक्षा हासिलका लागि काठमाडौँ पसेका हुन् उनी पढाइका साथ साथै गीत सङ्गीतलाई पनि निरन्तरता दिरहेका छन् । उनले आफ्नो सङ्गीत यात्राको क्रममा आफ्नो नयाँ गीत जे जे पर्छ पर्छ सार्वजनिक गरेका हुन । गीतमा सुरेन बस्याल र स्मृतिको मगर रोमान्स देख्न सकिन्छ भने देवीका थपलिया र कृष्ण पाण्डेको स्वरमा रहेको छ ।

उक्त गीतमा सङ्गीत अर्जुन पोखरेलको रहेको छ भने शब्द सङ्गीतकार यादव लम्सालको रहेको छ साथै यस गीतलाई छायाङ्कन अजय रेग्मीले गरेका हुन् भने डिरेक्सन सुमन लामाले गरेका हुन् । गीत निकै राम्रो बनेको र कृष्णले मेहेनेत गर्न सक्ने साथै अझै मेहेनेत गरे नेपाली सङ्गीतमा जम्न सक्ने उनका गुरु अर्जुन पोख्रेल भन्छन् । कृष्ण भाइ मेहेनती छन् राम्रो गरे मार्केट खान्छन आफ्नो नाम स्थापित गर्छन् भन्छन् उनका गुरुहरु । सोबुल थापाको नृत्य निर्देशन रहेको उक्त गीतको भिडियो यस्तो बनेको छ ।

https://youtu.be/eB1i_wEDDT8″

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *