काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०७४ जेठ १५ गते

“
काठमाडौं, पुस ६ । काठमाडौंको ढुङ्गेअड्डामा बुधबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ना४ख ५३७७ नम्बरको बसले ठक्कर दिदा चन्द्रगिरी नगरपालिका–१० दहचोकका अन्दाजी ५२ बर्षीय राम कृष्ण आलेमगरको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मगर सवार बा५८प २२४ नम्बरको मोटरसाईकललाइ साँझ ६ बजे सो बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भिर घाइते भएका मगरको उपचारको क्रममा नेशनल अस्पताल कलंकीमा मृत्यु भएको हो ।
बससहित चालकलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित