ऐश्वर्या बनिन् ‘कपिलवस्तु डान्स आइडल’

पुस ६, कपिलवस्तु । बाणगंगा–७ वनगाईको पारिजात माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत विद्यार्थी ऐश्वर्या पौडेलले सातौं कपिलवस्तु डान्स आइडलको उपाधी जितेकी छन् । मंसिर २३ देखि जितपुर रंगशालामा जारी नवौं कपिलवस्तु महोत्सवमा सञ्चालन भएको सातौं डान्स आइडल प्रतियोगितामा ५० जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी प्रथम भएकी हुन् ।

उनले उपाधीसँगै नगद ५५ हजार ५ सय ५५ तथा आर्कषक पुुरस्कार प्राप्त गरेकी छन् । डान्सको मुल्याङ्गक निर्णायक र महोत्सवमा आउने दर्शकले दिने टिकटको आधारमा गरएिको ।

बुधबार सम्पन्न प्रतियोगितामा आवर विज्जडम बोडिङ स्कुलमा अध्ययनरत एलिसा सारु दोस्रो हुँदै नगद ३५ हजार ५ सय ५५ सहित पुरस्कार प्राप्त गरिन् ।

मोतिपुर सामुदायिक विद्यालयमा अध्ययनरत मोनिका हमाल तृतिय भएकी छिन् । उनले नगद २५ हजार ५ सय ५५ सहित पुरस्कार प्राप्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *