नेपालको प्रचार गर्न हलिउडका कलाकार

काठमाडौं, पुस ६ । भूकम्प र नाकाबन्दीका कारण नेपालबारे विश्व पर्यटन बजारमा परेको नकारात्मक सन्देशलाई न्यूनीरण गर्ने उद्देश्यले हलिउडका कलाकारलाई यही फागुनमा नेपाल ल्याइने भएको छ ।

बुधबार पर्यटन बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यस अभियानलाई ‘फायरट्रक एक्सपिडिसन नेपाल’ नाम दिइएको जानकारी दिए ।

सगरमाथाको ढुंगालाई घडीमा प्रयोग गर्ने अमेरिकी आरोही तथा पर्यटन बोर्डका ब्रान्ड एम्बेस्डर माइकल कोबोल्ड यस अभियानका मुख्य आयोजक हुन् । उनले यसबारे हालै पुस्तक पनि लेखेर सार्वजनिक गरिसकेका छन्, आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *