मोटोपन घटाउन मन छ भने अब जिम जान छाडेर सेक्स गर्नुस्


“
एजेन्सी । २०१७ को नयाँ बर्ष रिजोलुसन पक्कै पनि मोटोपन घटाउने होला , त्यसाे भए एउटा सुन्दर उपाय छ, सेक्स गर्नुहोस ।
मोटोपन घटाउनको लागी गरिने कसरत जत्तिको अरु हुदैन भन्नेहरुको लागि हालै वैज्ञानिकहरुले गहन अनुसन्धान गरि मोटोपन घटाउने सर्वोत्कृष्ठ उपायका रूपमा सेक्सलार्इ ठहर गरेका छन् । यदि तपाई आफ्नो मोटोपन घटाउन इच्छा छ भने नियमित रूपमा यौन सम्पर्क गर्नुस् ।
कनाडाको क्यूबेक विश्वविद्यालयका वैज्ञानिकहरुले यो तथ्य पत्ता लगाएका हुन् ।अनुसन्धानबाट आएको प्रतिबेदनले ३० मिनेट सम्म गरिने स्वस्थ यौन सम्पर्कबाट पुरुषले १२० क्यालोरीज बर्न गर्ने गर्छन र महिलाले ९० क्यालोरिज़ बर्न गर्छन । अध्ययन अनुसार स्वस्थ्य पुरुषले यौन सम्बन्धको दौरान करिब ४.२ क्यालोरिज बर्न गर्छन, तेस्तै महिलाले ३.१ क्यालोरिज बर्न गर्छन ।
तसर्थ वैज्ञानिकहरुले भनेका छन् “सेक्शुअल एक्टिविटी मनुष्यको एक महत्वपूर्ण हिस्सा हो, जसको सीधा असर मानसिक, शारीरिक रूपमा पर्दछ । यौनले हरेक व्यक्तिको लाइफस्टालमा पनि असर गर्छ” ।
हाम्राे पूर्विय दर्शनले याैनलार्इ गाेप्य राखेकाे छ । तर, पाश्चात्य दर्शनले याैनलार्इ मानव जिवनकाे अभिन्न अंगका रूपमा स्वीकार गरेकाे छ । तपार्इ मानसिक, शारीरिक रूपमा कत्तिकाे स्वस्थ हुनुहुन्छ भन्ने कुरा पनि याैनबाट थाहा पाउन सकिन्छ । तपार्इ अाफ्नाे पार्टनरसँगकाे याैन कृयाकलापमा सन्तुष्ठ हुनुहुन्छ भने, त्याे तपार्इकाे अनुहारमा पनि पैदा हुन्छ । त्यसकारण अब याैनलार्इ नलुकार्इ यसलार्इ सुरक्षित रूपमा अंगालाैं । स्वस्थ रहनुका साथै माेटाेपन पनि घटाअाैं ।”
