नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त गस्ती

पुस ५, नवलपरासी । नवलपरासीमा सीमा सुरक्षाको निम्ति नेपाल र भारत सुरक्षाकर्मीले संयुक्त गस्ती गरेका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनी र सशस्त्र सीमा बल एसएसबी झुलनीपुर महाराजगंजले संयुक्त गस्ती गरेका हुन् ।

गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक तेजबहादुर बुढाथोकी र सशस्त्र सीमा बल एसएसबी झुलनीपुरको सशस्त्र प्रहरी नायव उपरीक्षक एन चोंगलोईको नेतृवमा रहेको संयुक्त गस्ती टोलीले सीमा स्तम्भ संख्या ४९७ देखि स्तम्भ संख्या ५०० सम्मको संयुक्त गस्ती गरिएको थियोे ।

गस्तीको क्रममा सीमा अतिक्रमण गरि दुबै देशका नागरिक बस्दै आएका बारे सुरक्षाको दृष्टिकोणले समस्याबारे छलफल समेत गरिएको थियो । उक्त गस्ती टोलीमा नेपालका २१ जना, सशस्त्र सीमा बल एसएसबीबाट १० जना सुरक्षाकर्मीको सहभागीता रहेको थियोे ।

नेपालमा बाम गठबन्धनको बहुमतको सरकार बन्ने भएपछि यो नवलपरासीमा पहिलोपटक संयुक्त गस्ती गरेको हो । यस बाहेक पनि ती दुई सिमाका सुरक्षाकर्मी बिचको धेरै पटक संयुक्त गस्ती गरिसकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *