ओलीको बोली : ‘जाने बेलामा मन्त्रीले तिघ्रा ठटाउन थाले’

पुस ५, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुले सरकार छाड्ने बेलामा तिघ्रा ठटाउन थालेको बताएका छन् ।

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ जिल्लाका वाम गठबन्धनबाट निर्वा्चित उम्मेदवारहरुलाई बधाई दिन आयोजित कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारका प्रवक्ता समेत रहेका मोहन बहादुर बस्नेतले हिजो पत्रकार सम्मेलन गरेर वाम गठबन्धनप्रति लगाएको आरोपलाई तिघ्रा ठटाएजस्तै गरेको संज्ञा दिएका हुन् ।

साथै, उनले सरकारले राष्ट्रपति समक्ष पेश गरेको अध्यादेश असंवैधानिक भएको दावी गर्दै ओलीले उक्त अध्यादेश प्रमाणिकरण गर्नै नमिल्ने बताए ।

कार्यक्रममा एमालेका नेता माधव नेपालले पूरानो शैलीले देश नचल्ने भन्दै सरकार चलाउन मात्र नभएर पार्टी एक बनाउन पनि वाम गठबन्धनलाई जनमत दिइएको बताए ।  त्यस्तै, माओवादीका नेता नारायणकाजी श्रेष्ठले काङ्ग्रेसले जनमत गुमाएकाले अब पनि सरकारमा बसिरहनु उपयुक्त नहुने धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *