चितवन निकुञ्जमा बाघ गणना सुरू

२०७४ जेठ १५ गते

“
पुस ५, भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरू भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरू भएको जानकारी दिए ।
निकुञ्जमा दुई वर्ग किलोमिटरको फरकमा एक ठाउँमा क्यामरा राखेर बाघ गणना गर्न सुरु गरिएको उनले बताए । क्यामरामा कैद भएका बाघका फोटो हेरेर नै संख्या गणना हुने छ । निकुञ्जमा १० वटा हात्ती, ६० भन्दा बढी जनशक्ति गणनामा परिचालन गरिएको छ ।
बाघ गणना कार्यमा निकुञ्ज विभाग, राष्ट्रिय प्राकृतिक संरक्षण कोष, विश्व वन्यजन्तु कोष, ताल परियोजना, जेडएसएललगायतका संस्थाको सहयोग बाघ गणना भएको हो । नेपालमा सन् २०१३ मा बाघको गणना भएको थियो । त्यतिबेला बाघको संख्या १९८ थियो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित