लागू औषधसहित २ जना विदेशी नागरिक पक्राउ

पुस ५, काठमाडौं । ठूलो परिणाममा लागू औषध एम्पूलसहित २ जना विदेशी नागरिक पक्राउ परेका छन ।

नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ३५ सय थान एम्पुलसहित २ जना विदेशी नागरिक पक्राउ गरिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै व्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक ठूले राईले एम्पुल सहितको लागु औषध लुकाईछिपाई राखिएको अवस्थामा काठमाडौंको कलंकीबाट सोमबार भारत रक्सौलका रमेश कुमारलाई पक्राउ गरिएको जानकारी दिनु भयो ।

त्यसैगरी उहाँले गत मंसीर २९ गते १ किलो करिव ५ सय ग्राम चरेससहित रसियन नागरिक भिक्टोर छिगानोभलाई पनि पक्राउ गरिएको जानकारी दिनुभयो । बरामद गरिएको सो चरेशको अन्तिम गन्तव्य मोरिस रहेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *