पारस खड्काको दोस्रो जित


“
पुस ५, काठमाडौं । हङकङका अंशुमन रथको अर्धशतकीय पारीसँगै विराटनगर वारियर्सले एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा लगातार दोस्रो जित दर्ता गरेको छ । कृर्तीपुरको त्रीवि मैदानमा आज भएको खेलमा पारस खड्का कप्तानीको टोली विराटनगरले पोखरा राइनोसलाई ३ विकेटले पराजित गरेको हो ।
१ सय २३ रनको लक्ष्य विराटनगरले २ बल बाँकी छदै ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । अंशुमनले ६० रन बनाएको इनिङ्समा बाबर हयातले २२ रन बनाए ।
कप्तान पारस खड्का ११ रनमा आउट भए । यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको पोखराले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय २२ रन जोड्न सक्यो । राजेश पुलामी मगरले टोलीका लागि सर्वाधिक ३० रन जोडे भने विराटनगरका लागि पारस खड्काले सर्वाधिक ३ विकेट लिए ।
यसैबिच, एभेरेष्ट प्रिमियर लिग इपिएलको दोस्रो खेलमा किग्स इलेभेनले १ सय १९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
किर्तीपुर क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङमा उत्रेको किंग्सले २० ओभरमा ८ विकेट गुमाएर १ सय १८ रन मात्रै बनाउन सक्यो ।
अहिले १ सय १९ रनको विजयी लक्ष्य पाएको भैरहवा ग्ल्याडियर्सले जवाफी ब्याटिङ गरिरहेको छ ।
“
