पर्यटक बोकेको बस दुर्घटना, १२ जनाको मृत्यु

२०७४ जेठ १५ गते

“
पुस ५, काठमाडौं । मेक्सिकोको दक्षिण पूर्वी क्षेत्रमा विदेशी पर्यटक बोकेको बस दुर्घटना हुँदा एक बालकसहित कम्तीमा १२ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् ।
युक्याटान प्रायदिपको पुर्वी भागमा गइरहेको बस सडकबाड तल खसेर पल्टिएको थियो । रोयल क्यारेबियन नामक सामुन्द्रिक जहाज हुँदै आएका अमेरिका, इटली , स्वीडेन र ब्राजिलका पर्यटक, उनीहरुका गाइड, बस चालकसहित बसमा ३१ जना सवार रहेको बीबीसीले उल्लेख गरेको छ ।
घाइतेहरुले बस एक्कासी पल्टिएको बताएपनि दुर्घटनाको यकिन कारण पत्ता लागेको छैन ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित