सालका गोलिया बरामद

पुस ५, सिमरा । बाराको महेन्द्रनगरबाट ठूलो परिमाणमा सालको अवैध काठ बरामद गरिएको छ । हलखोरिया साझेदारी वन व्यवस्थापन समिति तथा इलाका प्रहरी कार्यलय सिमरा र सशत्र प्रहरी बल पिलुवाको संयुक्त टोलीले रु तीन लाख बराबरको सो चिरान काठ बरामद गरेको हो ।

महेन्द्रनगरको एउटा घरबाट सो काठ बरामद गरिएको साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र सिंहले जानकारी दिए ।

काठ लुकाउने व्यक्तिको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *