पर्साको सुपर ग्यास उद्योगमा आगलागी, दुईको मृत्यु

पर्सा, पुस ५ । पर्साको वीरगन्ज महानगरपालिका–२४ पटेल नगरस्थित सुपर ग्यास उद्योगमा भीषण आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । ग्यास उद्योगमा आज बिहान ६ बजेतिर आगो सल्किएको प्रहरीले जनाएको छ । उद्योगभित्र कति मानिस थिए भन्ने अझै खुल्न सकेको छैन ।

आगो नियन्त्रणका लागि गएको वीरगन्ज महानगरपालिकाको एउटा दमकलसमेत जलेको छ । त्यस क्रममा दमकलका कर्मचारी सविन नेपाल घाइते भएका छन् । आगलागी नियन्त्रण बाहिर गएको र निभाउने प्रयास भने जारी रहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *