कथाकार ब्राजाकीको अवस्था गम्भीर

२०७४ जेठ १५ गते

“
पुस ५, काठमाडौं । मस्तिष्क शिरोघात (स्ट्रोक) पीडित वरिष्ठ कथाकार मनु ब्राजाकीलाई पाटन अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा भर्ना गरिएको छ ।
दुई पटक मस्तिष्क शिरोघात (स्ट्रोक) शल्यक्रिया गराइसकेका ब्राजाकीलाई हाल निमोनियाले पनि चापेपछि अवस्था गम्भीर भएको कवि मुरारी सिग्देलले जानकारी दिए । गजलकारसमेत रहेका ब्राजाकीलाई रक्तचाप र मधुमेहको पनि समस्या छ ।
उनको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोग गर्न परिवारले आग्रह गरेको छ । ७५ वर्षीय ब्राजाकीलाई ब्रेन स्ट्रोक योसहित तेस्रो पटक भएको पारिवार स्रोतले जनाएको छ ।
तिम्री स्वास्नी र म, पारदर्शी मान्छे, अन्नपूर्णाको भोज, भविष्य यात्रा लगायत आधा दर्जनभन्दा बढी कथा संग्रहका साथै गजग गंगा, के हेरेको ए जिन्दगी लगायत गजलसंग्रह प्रकाशित छन्।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित