‘नेतृत्व छाड्न कानुनी जटिलता’ मुलुकले कल्पेको समावेशी चरित्रको तीन तह

काठमाडौं, पुस ५ । सरकारले नेतृत्व हस्तान्तरणका लागि संवैधानिक र कानुनी जटिलता बाँकी रहेको स्पष्ट पारेको छ । जटिलताको निकास ननिस्केसम्म नेतृत्व हस्तान्तरणमा कठिनाइ भएको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मंगलबार बताएका छन्। नेतृत्व हस्तान्तरणबारे सरकार र एमाले–माओवादी गठबन्धनबीच बहस भइरहेका बेला प्रवक्ता बस्नेतले सरकारको औपचारिक धारणा सार्वजनिक गरेका हुन् ।

‘नवीन अवस्थाको संघ र प्रदेशको संवैधानिक संरचनामा प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाले पूर्णाकार लिएपछि मात्र मुलुकले कल्पेको समावेशी चरित्रको तीन तह (स्थानीय, प्रादेशिक र संघीय) सरकार निर्माण हुने प्रावधान छ,’ सरकारी धारणामा उल्लेख छ, ‘वर्तमान सरकार कानुनी जटिलता निम्ताएर सत्ता लम्ब्याउन चाहँदैन, सरकारले सहज सत्ता हस्तान्तरणका लागि वैधानिक उपाय खोजिरहेको छ ।’यो खबर आजकोनागरिकमा छ ।

प्रत्यक्ष र समानुपातिकतर्फ मतगणना सकिएको छ । प्रत्यक्षतर्फ दलहरूले प्राप्त गरेको सिट सार्वजनिक भएको छ । समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको मत बाहिर आए पनि निर्वाचन आयोगले भने आधिकारिक रुपमा सार्वजनिक गरेको छैन। संविधानको धारा ८४ र ८६ अनुसार निर्वाचन आयोगबाट निर्वाचनसम्बन्धी ऐनअनुसार समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको  सिट बाँडफाँट गरी व्यक्तिसमेत यकिन भएपछि संसदीय परम्पराअनुसार सरकार गठन प्रक्रिया थालनी हुने सरकारको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *