जुनियर ब्वाईज बास्केटबलमा ‘दि एक्सेलसियर’ विजयी


“
पुस ४, काठमाडौं । छैठौं दि एक्सेलसियर कप अन्तर बिद्यालय खेलकुद प्रतियोगिताको जुनियर ब्वाईज बास्केटबलमा आयोजक दि एक्सेलसियरले बिजयी शुरुवात गरेको छ ।
मंगलवार भएको उद्घाटन खेलमा एक्सेलसियरले होलीभिजनलाई २६–९ को स्कोरमा हरायो । आयोजकको जितमा आयुष तामाङले सर्वाधिक १३ स्कोरको योगदान दिएका थिए । जुनियर ब्वाईजकै खेलमा पिपुल्सले बिएनएलाई २५–१८ स्कोरमा हरायो । स्वयम्भु स्थित दि एक्सेलसियर स्कुलमा भएको प्रतियोगिताको सिनियर गल्सतर्फ ग्यालेक्सिले रुपिजलाई २०–४ को स्कोरमा स्तब्ध बनायो ।
ग्यालेक्सिको जितमा बिनिता पन्तले सर्वाधिक ७ स्कोर गरिन् । गल्सकै अर्को खेलमा स्किब्सले काब्यलाई २४–२० को स्कोरमा हरायो । स्किब्सको जितमा देभ्युना केसी र अप्सरा पौडेलले समान १० स्कोरको योगदान दिएका थिए । फाएभ ए साईट जुनियर फुटबलमा न्यु जेनितले अक्षरालाई ५–२ गोल अन्तरले हराउदा शिशुनिकुञ्जले ओम ज्ञान मन्दिरलाई ३–० ले स्तब्ध बनायो । जुनियर ब्वाईजकै अन्य खेलमा राजन मेमोरियलले त्रिरत्नलाई ५–३ गोल अन्तरले हराउदा राजश्रीले किट्स लनिङमाथी ७–० को सहज जित निकाल्यो ।
पौष १३ सम्म संचालन हुने प्रतियोगिताको अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठ, बिद्यालय भलिबल कमिसनका उपाध्यक्ष युवराज श्रेष्ठ,आयोजक स्कुलका प्रबन्ध निर्देशक राम बस्नेतले सयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगितामा ५ ए साईट फुटबलतर्फ जुनियर ब्वाईज र सिनियर ब्वाईजका खेलहरु समावेश गरिएको छ । त्यस्तै बास्केटबलमा जुनियर ब्वाईज,सिनियर ब्वाईज तथा सिनियर गल्सका स्पर्धा समाबेश गरिएको छ ।
“शिक्षा सगै खेलकुद” भन्ने मुल उद्देश्यका साथ संचालन गरिएको प्रतियोगितामा ५ए साईट फुटबलमा जुनियरतर्फ १२ बर्ष मुनी १३ टिम तथा सिनियरतर्फ १६ बर्ष मुनी २० टिमको सहभागिता रहेको छ । त्यस्तै बास्केटबलमा जुनियर ब्वाईजमा १६ तथा सिनियर ब्वाईजमा १२ टिमले प्रतिस्पर्धा गर्दा सिनियर गल्समा १२ टिम रहेका छन् ।
“
