स्वीट्जरल्याण्डमा संसारकै भिरालो रेलमार्ग सञ्चालनमा

स्वीट्जरल्याण्डमा हालसम्मकै सबैभन्दा भिरालो रेलमार्ग सञ्चालनमा आएको छ। स्वीट्जरल्याण्डको स्वाइजदेखि स्टुस गाउँसम्म चल्ने यो रेलका लागि विशिष्ट किसिमको डब्बा डिजाइन गरिएको छ। सिलिण्डरजस्तो यसको डब्बाभित्रको सिट भिरालोमा पनि सीधै रहन्छ। स्टुस कारमुक्त गाउँ हो।

स्टुस ट्रेन नाम दिइएको यो रेलमार्ग निर्माणका लागि १४ वर्ष लागेको थियो। जुन निश्चित अवधिभन्दा २ वर्ष बढी हो। यसका लागि ५ करोड ३० लाख अमेरिकी डलर खर्च भएको थियो।

स्वीट्जरल्याण्डका पहाडी क्षेत्रमा स्कुल जान केटाकेटी प्रायः केवलकार चढ्ने गर्दछन्। त्यसैले यो रेलमार्ग खासगरी पर्यटकीय आकर्षणका लागि भएको बताइएको छ।

१७२० मिटर लामो रेलमार्गमा जम्माजम्मी ४ मिनेटमा यात्रा टुंगिन्छ।

रेलमा चार ओटा क्याबिन छन्। प्रत्येक क्याबिनमा ३४ जना अटाउँछन्। यो रेल प्रतिसेकेण्ड १० मिटरको गतिमा चल्छ। सन् १९३३ देखि चलिरहेको पुरानो रेललाई विस्थापित गर्दै यो रेल सञ्चालनमा ल्याइएको हो।

यसअघिको सबैभन्दा भिरालो रेलमार्ग पनि स्वीट्जरल्याण्डकै गेलमर्सी तालनिकट थियो। एजेन्सी

https://youtu.be/aKRI0N6ILos”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *