रौतहटमा चुनावी प्रचारको क्रममा टासिएका सामाग्री नहटाउँदा जिल्लानै कुरुप बन्दै

रौतहट, पुस ४ ।  रौतहटमा चुनावका बेला प्रयोग गरिएका प्रचारप्रसारका सामाग्री नहटाउँदा जिल्ला नै कुरुप बन्दै गएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सकिएको दुई हप्ता वित्न लाग्दासमेत राैतहटका राजनीतिक दलले प्रचार सामग्री नहटाउँदा सार्वजनिक स्थल कुरुप बन्दै गएकाे हो ।

निर्वाचन सकिएलगत्तै प्रचार सामग्री हटाउनुपर्ने व्यवस्था भए पनि दलहरुले अटेर गर्दा बजार, चोक र सार्वजनिक स्थल कुरुप बन्दै गएका हुन् । जिल्लाको गौर, कटहरिया, गरुडा र चन्द्रनिगाहपुर जस्ता मुख्य बजारका अधिकांश स्थल प्रचार सामग्रीले अझै भरिभराउ भएको भएपनि राजनीतिक दलले त्यस्ता सामाग्री नहटाँउदा मुख्य चोक र बजार कुरुप बनेकाे हो ।

सम्बन्धीत निर्वाचन कार्यालय र नगरपालिकाले समेत दललाई प्रचार प्रसार सामाग्री हटाउनतर्फ सचेत नगराएका कारण पनि ती सामाग्री हट्न नसकेको स्थानीयको भनाई छ । स्थानीयले यस्ता सामग्री तत्काल हटाउन माग समेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *