हुलाकका कर्मचारी २३ दिनदेखि बेपत्ता

२०७४ जेठ १५ गते

“
पुस ३, विराटनगर । विगत २३ दिनदेखि बेपत्ता भएका क्षेत्रीय हुलाक कार्यालय विराटनगरमा कार्यरत कर्मचारी कुलबहादुर थापालाई खोजबिन गरिदिन हुन सम्बन्धित निकायलाई उनकी श्रीमतिले आग्रह गरेकी छन् ।
थापाकी श्रीमती रेवतकुमारी अधिकारी (थापा)ले आज यहाँ पत्रकार सम्मेलन गरी कार्यालयको कामको सिलसिलामा यही मंसिर ६ गते उदयपुर र सप्तरी गएका थापा मंसिर ९ गते बिहानदेखि सुनसरीको भण्टाबारीबाट सम्पर्कविहीन भएका बताईन् ।
भण्टाबारीस्थित नारायणी लजमा मंसिर ८ गते बसेकामा ९ गते बिहान ७ बजेदेखि सम्र्पकविहीन भएको भन्दै उनले सोको जानकारी सुनसरी र मोरङ प्रहरीलाई गराएको तथा खोजबिनका लागि सम्बन्धित कार्यालयमा आग्रह गरेको भएपनि हालसम्म उहाँ फेला नपारेको बताईन् । श्रीमती थापाले सम्बन्धित कार्यालय र प्रहरीले खोजबिनमा तदारुकता नदेखाएको आरोपसमेत लगाएकी छन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित