गीत

गीतकारः रागिनी उपाध्याय
सङ्गीतकारः बुलु मुकारुङ्ग
गायकः निशा देशार

गाईजस्तै बिक्छु म बम्बइको बजारमा
बिर्सन्छन् तब यिनी जन्मदिने आमा
बोली लाउँछन् यी मेरा दुधको मोलको
गाईजस्तै बिक्छु म बम्बइको बजारमा ।

बाँधिएकी छु म घरको एक कुनामा
लान्छन् फेरि मलाई ती प्रेमको चारामा
म ठगिन्छु म हराउँछु प्रेमको त्यो बोलीमा
ठगिएकी छु म हर क्षण हर कालमा ।

गाईजस्तै बिक्छु म बम्बइको बजारमा
बिर्सन्छन् तब यिनी जन्म दिने आमा ।

कसकी छोरी कसरी बैनी कसरी प्रियतमा
उहिलेदेखि बिकिरहेछु गाइको मोलमा
आमा पनि बनाइन्छु बेश्या यै संसारमा
रगतका धारा बनि बग्छन् यी आँशुमा ।

गाईजस्तै बिक्छु म बम्बइको बजारमा
बिर्सन्छन् तब यिनी जन्मदिने आमा
बोली लाउँछन् यी मेरा दुधको मोलको
गाईजस्तै बिक्छु म बम्बइको बजारमा ।

(रङ्ग रागिनीबाट)

गितकार उपाध्याय नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकाे कूलपति हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *