अहिल्यै सरकार छोड् भन्नु दम्भ, राष्ट्रिय सभा नभएसम्म सरकार छोड्दैनौंः कानूनमन्त्री
“
पुस ३, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नछाड्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले प्रधानमन्त्री देउवाले चाहेरपनि अहिले सरकार छोड्न नपाउने जिकिर गरे ।
राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि आफूहरुले सरकार छोड्ने उनको भनाई छ ।
मन्त्री थापाले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले अहिल्यै नै कुर्सी छोड भनेर देउवाको राजिनामा माँग्नु दम्भ र उत्तेजनाको अभिव्यक्ति भएको टिप्पणी गरे ।
सरकारले दुई महिना अघि नै राष्ट्रिय सभा सम्बन्धी अध्यायदेश राष्ट्रपतिसमक्ष पठाएको भन्दै उनले अहिलेसम्म नआउनु दुःखद् भएको बताए । थापाले सरकारले उक्त अध्यादेश संविधानसम्म्त रुपमा राष्ट्रपतिसमक्ष पठाएको भन्दै त्यसलाई स्किृत गर्नुको राष्ट्रिपतिसँग विकल्प नभएको स्पष्ट पारे ।
“