रुसी राष्ट्रपति पुटिनले ट्रम्पलाई दिए ‘धन्यवाद’

२०७४ जेठ १५ गते

“
काठमाडौं । रुसको सेन्ट पिटर्सबर्गस्थित प्रमुख गिर्जाघरमा गराउन लागिएको आतंककारी विस्फोट अमेरिकी गुप्तचर निकाय सीआईएको सूचनाका आधारमा विफल भएको छ ।
गिर्जाघरमा गराउन लागिएको आतंककारी विस्फोटका बारेमा सीआईएले रुसी सुरक्षा अधिकारीलाई जानकारी गराएपछि विफल भएको हो ।
रुसी सुरक्षा निकाय एफएसबीले इस्लामिक स्टेट समर्थक समूहका सात जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुबाट विस्फोटक पदार्थ, हतियार र चरमपन्थी दस्तावेज बरामद गरिएको रुसी अधिकारीहरुले जनाएका छन् ।
यसैबीच रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गरी सीआईएले गरेको सहयोगप्रति धन्यवाद दिएका छन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित