रियललाई ‘गार्ड अफ अनर’ नदिने बार्सिलोनाको घोषणा

काठमाडौं । बार्सिलोनाका संस्थागत सम्वन्धका निर्देशक जिउइलेर्मो अमोरले आगामी शनिबार हुने एल क्लासिकोमा रियल मड्रिडलाई गार्ड अफ अनर नदिइने प्रष्ट पारेका छन् ।

सिजनको सुरुमा पनि रियलले गार्ड अफ अनर पाएको थिएन । रियलले म्यानचेस्टर युनाइटेडलाई हराएर युरोपेली सुपर कपको उपाधि जितेपछि अर्को खेल नाउ क्याम्पमा खेलाइएको थियो । त्यहाँ उसले गार्ड अफ अनर पाएको थिएन ।

रियल मड्रिडले आइतबार क्लब विश्वकपको उपाधि जितेको छ र, उसका स्टार स्ट्राइकर रोनाल्डोले इएल क्लासिको खेल्नु अघि बार्सिलोनाले आफूहरुलाई गार्ड अफ अनर देओस् भन्ने इच्छा व्यक्त गरेका थिए ।

‘यस क्लबले गार्ड अफ अनर च्याम्पियन्स लिग वा ला लिगा विजेतालाई मात्र दिइने चलन छ, तर, अहिले अवस्था त्यो होइन’ ला लिगामा डेपोर्टिभो ला कोरुनाबिरुद्ध शानदार जित हासिल गरेपछि अमोरले भने ।

सन् २००८ को एल क्लासिकोमा बार्सिलोनाले रियल मड्रिडलाई गार्ड अफ अनर सम्मान दिएको थियो । त्यतिबेला रियल ला लिगा च्याम्पियनको नाताले सम्मानको हकदार थियो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *