को होलान् प्रचण्डका नयाँ ‘एकाउन्टेण्ट’ ?

पुस ३, काठमाडौँ । कुनै समय थियो, माओवादी अध्यक्ष प्रचण्डका मात्र नभई माओवादी पार्टीकै कोषाध्यक्षका रूपमा अजय सुमार्गीको नाम चर्चामा थियो । हेटौडाका बजारम बोरा बटुलेर हिँड्ने उनी प्रचण्डको छत्रछाँयामा आइपुगेसँगै एकाएक अर्बपतिको रूपमा उदाए ।

रुपचन्द्र विष्टको नाम बेच्दै हिँड्ने उनी आज पनि थाहाको नाम भजाँउदै हिडिरहेका छन् । प्रचण्डका अर्थमन्त्रीका रूपमा भित्रिएका उनले माओवादीलाई बदनाम गराए । यही कारण प्रचण्डसँग उनको सम्बन्ध चिसिन पुग्यो तर यही माओवादकै नाममा उनको माइतीघर मण्डलादेखि कोटेश्वरसम्ममा आधा दर्जन बंगला र टावर खडा गरिसकेको चर्चा आज पनि छ ।

यी कोषाध्यक्षसँग प्रचण्डको सम्बन्ध चिस्सिनुको अर्काे कारण स्वीजरल्याण्डबाट उनको व्यक्तिगत खातामा आएको ११ अर्ब भन्दा बढी रकम हो । जसको स्रोत नखुलेको कारण देखाँउदै तीन वर्षदेखि नेपाल राष्ट्र बैङ्कले रोक्का गरेर राखेको छ । यो सबैमाझ छर्लङ्ग नै छ । हाल उक्त रकम नेपाल इन्भेष्टमेन्ट बैङ्क र नबिल लगायतका बैङ्कमा रहेको छ ।

अब,अहिले माओवादीका नयाँ कोषाध्यक्ष को होला ? चर्चाको विषय छ ।

माओवादी वृत्तमा प्रचण्डका नयाँ कोषाध्यक्षका रूपमा शरद अधिकारीको नाम चर्चामा छन् । उनी तिनै व्यक्ति हुन्, जसको निवासमा माओवादी र एमालेबीच पार्टी एकताको टुंगो लागेको थियो । उनी नुवाकोटे ठेगदार हुन । ललितपुरको मानभवनमा उनको भव्य र विशाल महल छ । सैलुङ कन्स्ट्रक्सन नामक निर्माण कम्पनी चलाउँदै आएका अधिकारीको निर्माण कम्पनी खासै चलेको कम्पनी होइन । तर, उनको ठेक्कापट्टाको काम भने खासै चलेको छैन । उनको सम्पत्ति रातारात बढेको देखेर माओवादीहरू नै छक्क पर्न थालेको छन् ।

हालै मात्र अध्यक्ष प्रचण्ड लाजिम्पाट निवास छाडेर खुमलटारतिर बसाई सारेका छन् । यद्यपि प्रचण्डले डेरा सार्नुका पछाडि त्यहाँ रहँदा एक छोरा र एक छोरीको देहबसानलाई प्रधान कारण मानिँदै आएको छ ।

तर,कसको घरमा सरेका हुन त प्रचण्ड ? जतिबेला प्रचण्डले आफ्नो प्रधानमन्त्री पद गुमाउनुपर्यो, उनी अहिले रुक्मागत कटवालको छिमेकी बन्न पुगेका छन् । स्रोतका अनुसार ललितपुर महानगरपालिका–१५ स्थित खुमलटारमा रहेको निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको घर हो, त्यो ।

शैलुङ इन्भेष्टमेन्ट ग्रुप र पावर कम्पनीका अध्यक्ष एवं कार्यकारी निर्देशक समेत रहेका अधिकारी माओवादी केन्द्रका तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सूचीमा छन् । समानुपातिक सूचीको बन्दसूचीमा उनको नाम ३३ नम्बरमा छ । माओवादीले उनलाई समानुपातिक सांसद बनाउन लागेको चर्चा समेत माओवादी वृत्तमा चल्ने गरेको छ । अब उनी सांसद नबन्लान् भन्नेमा कुनै शङ्का देखिँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *