साउदीका महिलाले अब बाइक र ट्रक पनि कुदाउन पाउने

साउदी अरब । केही समय अघिसम्म साउदी अरबका महिलालाई सवारी साधन चलाउने अनुमति थिएन । तीन महिनाअघि सेप्टेम्बरमा राजा सलमानले एक आदेश जारी गर्दै आगामी वर्षको जुन महिनादेखि महिलाहरुलाई कार कुदाउने अनुमति दिएका थिए ।

समाचार एजेन्सीका अनुसार साउदी अधिकारीहरुले कार चलाउने छुट दिएपछि अब महिलाहरुले आवश्यकताको हिसाबले ट्रक र बाइक पनि चलाउन अनुमति दिने घोषणा गरेका छन् । त्यहाँको ट्रफिक नियममा व्यापक बदलाव गरिएको छ र अब त्यहाँ महिलाले ट्रक र बाइक पनि कुदाउने अनुमति पाएका छन् ।

यता, साउदी प्रेस एजेन्सीमा पनि साउदी अरबको यातायात निर्देशनालयमा नयाँ नियमहरुको जानकारी दिइएको छ ।

यातायात निर्देशनालयले शुक्रबार यो आदेश जारी गरेको थियो । जसमा महिलाहरुलाई ट्रक र बाइक पनि कुदाउने अनुमित दिइएको उल्लेख गरिएको छ । महिलाहरुलाई पनि ड्राइभिङको अधिकार दिलाउन साउदीमा कयौँ वर्षसम्म अभियान चलेको थियो । कयौँ महिलाहरुले यो पाबन्दी तोडेकै कारण सजाय पनि भोगेका थिए ।

साउदी प्रेस एजेन्सीका अनुसार यस फैसलाबाट अब ट्राफिक नियमका कयौँ नयाँ प्रावधान जागू गरिने छ जसमा महिला र पुरुषका लागि एउटै प्रकारको चालक अनुमति जारी गर्ने विषय पनि शामिल छ ।

साउदी सरकारले जब महिलाहरुमाथि लगाइएको कार चलाउने प्रतिबन्ध हटाएको थियो, त्यतिबेला शरिया कानूनलाई पनि ध्यान दिइएको बताइएको थियो । तर, यसबारे कुनै विवरण भने दिइएको छैन ।

साउदी प्रेस एजेन्सीका अनुसार वरिष्ठ धार्मिक विद्वानहरुले पनि परिषदका सदस्यहरुको पनि बहुमतले फैसलाको समर्थन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *