दिनानुदिन चिसो बढ्दै, तराई र हिमाली जिल्लाको जनजीवन बढि प्रभावित

काठमाडौं, पुस ३ ।  पुष लागेसंगै राजधानी सहित देशभर चिसो बढेको छ । चिसोका कारण तराई र हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ ।

हुस्सुका कारण तराईको जनजीवनमा प्रभाव परेको छ भने हिउ र चिसोले हिमाली क्षेत्रका मानिसको जनजीवन कष्टकरण बनेको छ । तराईका सर्लाही, महोत्तरी, धनुषा, रौतहट लगायतका जिल्लाहरुमा हुस्सु लाग्न सूरु भएकाले चिसो बढेको छ । हिजोअस्ती मधुरो घाम लागेपनि आजभने तराईको मौसम बिहानैदेखि धुम्मिएको थियो ।

चिसोले मजदुर, किसान, स–साना बालबालिका र वृद्धबृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् । तातो पानी तथा तातो झोलीलो खानेकुरा धेरै खान तथा न्यानो कपडा लगाँउन र चिसोमा नबस्न चिकित्सकहरुले आग्रह गरेका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *